जनता टाइम्स

१ जेष्ठ २०८०, सोमबार १४:५२

अष्ट्रेलियामा शार्क आक्रमणमा परी एकको गयो ज्यान


सिडनी, १ जेठ । फिल्महरूमा यस्ता दृश्यहरू देख्नु भएको होला, जसमा शार्कले सर्फिङ गरिरहेका मानिसहरूलाई आक्रमण गर्छ । पानीकी राजाले आफ्नो क्षेत्रमा आउने कसैलाई पनि छोड्दैनन् तर फिल्मी दुनियाँ बाहेक यथार्थमा पनि यस्तो घटनाको चर्चा भइरहेको छ ।

अष्ट्रेलियाको एलिस्टन टापुमा सर्फिङ गर्ने एक युवालाई खतरनाक शार्कले आक्रमण गर्दा ज्यान गएको छ । सर्फरमाथि शार्कले आक्रमण गरेको यो घटनापछि अस्ट्रेलियाको यस समुद्री तटमा मानिसमा डरको वातावरण बनेको बताइएको छ । यो घटना साउथ अस्ट्रेलिया आयर पेनिन्सुला नजिक भएको बताइएको छ ।

एलिस्टन भन्ने ठाउँमा यहाँ धेरै जनसङ्ख्या छैन । तर, सो घटना पछि मानिसहरू समुद्र किनारमा जान डराउँछन् । यी युवा विगत केही दिनदेखि बेपत्ता थिए । प्रहरीले खोजीमा सहयोग गरेकोमा स्थानीय जनता र आपतकालीन सेवालाई धन्यवाद दिएको बीबीसीले जनाएको छ ।

एलिस्टन क्षेत्रमा धेरै जनसंख्या छैन, यहाँ करिब एक हजार मानिसको बसोबास भए पनि पर्यटकको संख्या भने बढी नै हुने गरेको छ । यसको भव्य समुद्री किनाराको कारण पनि यो क्षेत्र एक प्रसिद्ध सर्फिङ स्थान को लागी परिचित छ । एलिस्टनमा शार्क आक्रमणको यो पहिलो घटना होइन ।

यसै वर्षको फेब्रुअरीमा पनि सर्फिङ गर्ने क्रममा शार्कको आक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो । त्यसयता यस क्षेत्रमा बाहिरबाट आउने मानिसमा शार्कको आक्रमण हुने डर छ । समुद्री तटमा शार्कको आक्रमण बढ्दै गएको छ, गत महिना होनोलुलुको समुद्र तटमा एक शार्कले एक सर्फरलाई आक्रमण गरेको थियो, जसमा युवक बाँचे तर शार्कले उनको खुट्टा भने खाएको थियो ।