जनता टाइम्स

११ भाद्र २०७६, बुधबार ११:५०

नेकपाको एकतामा दोलखा बन्यो रोलमोडल : जित्नेले स्वीकारे आफैसँग चुनाव हार्नेलाई इञ्चार्ज


दोलखा, भदौं ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले निर्वाचन क्षेत्र, विभाग र ९ वटै स्थानीय तहको ईञ्चार्ज र सहईञ्चार्ज टुंगो लगाएको छ । मंगलवार बसेको जिल्ला कमिटी बैठकले दुई निर्वाचन क्षेत्र, १८ वटा विभाग र ९ वटा स्थानीय तहको इञ्चार्ज र सहइञ्चार्ज टुँगो लगाएको हो ।

नेकपाले पार्टी सचिवालय सदस्यहरुलाई निर्वाचन क्षेत्र, स्थानीय तह र विभागको इञ्चार्ज र सह इञ्चार्जको जिम्मेवारी दिएको छ । जसअनुसार प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर १ को संयोजकमा गोपाल न्यौपाने र सचिवमा बासुदेव पोखरेल चयन भएका छन् भने क्षेत्र नम्बर २ को सँयोजकमा कमल श्रेष्ठ र सचिवमा ठूला थामी चयन भएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटीको संयोजक र सचिव चयन गरे पनि सदस्यहरु चयन हुन बाँकी छ ।

यी हुन १८ विभाग प्रमुख

जिल्ला कमिटी बैठकले १८ वटा विभागहरु बनाएको छ । जसअनुसार संगठन विभागको प्रमुखमा जिवसराज खड्का र उपप्रमुखमा कृष्ण कार्की, आर्थिक विभागको प्रमुखमा उपेन्द्र अधिकारी र उपप्रमुखमा केशव चौंलागाई, स्थानीय तह विभागको प्रमुखमा बाबुकाजी कार्की र उपप्रमुखमा तारानाथ चौंलागाई, प्रचार विभागको प्रमुखमा लक्ष्मण खड्का र उपप्रमुखमा धर्मेन्द्र मोक्तान तथा पार्टी स्कूल विभागको प्रमुखमा प्रोणप्रताप केसी र उपप्रमुखमा विश्वमणि चौंलागाईलाई जिम्मेवारी दिईएको छ । नेकपाभित्र संगठन, आर्थिक, स्थानीय तह, प्रचार र पार्टी स्कूल विभाग महत्वपूर्ण विभाग मानिन्छन् । यस्तै, नेकपा दोलखाको बैठकले महिला विभागको प्रमुखमा रिता रिमाल र उपप्रमुखमा प्रेमकुमारी चौंलागाई, खानेपानी तथा सरसफाई विभागको प्रमुखमा हर्कमान पाख्रिन र उपप्रमुखमा रुकमणि शिवाकोटी, जलश्रोत, सिंचाई तथा उर्जा विभागको प्रमुखमा जितकुमार मोक्तान र प्रेम तामाङ, पर्यटन विभागको प्रमुखमा होम पाठक र उपप्रमुखको जिम्मेवारी सँखनिमा शेर्पाले पाएका छन् ।
नेकपा दोलखाको श्रम, रोजगार तथा सहकारी विभागको प्रमुखमा कृष्णमाया कार्की र उपप्रमुखमा रोहितचन्द्र खड्का, न्याय कानून तथा मानव अधिकार विभागको प्रमुखमा सुव्वा श्रेष्ठ, युवा तथा खेलकूद विभागको प्रमुखका हिरा थोकर र उपप्रमुखमा रमेश ठकुरी, शिक्षा तथा मानव श्रोत विभागको प्रमुखमा भुवनसिँह थापा र उपप्रमुखमा आरवि खड्का, पुस्तकालय, कला, साहित्य तथा सँस्कृति विभागको प्रमुखमा चुणामणि घिमिरे र उपप्रमुखमा भुवन केसीले पाएका छन् । उद्योग वाणिज्य विभागको प्रमुखमा भिम बहादुर श्रेष्ठ र उपप्रमुखमा घनस्याम रिजाल, वन वातावरण तथा स्वास्थ्य विभागको प्रमुखमा उर्मिला थामी र उपप्रमुखमा कृष्ण पाख्रिन, कृषि तथा भूमि सुधार विभागको प्रमुखमा गुणवहादुर बुढाथोकी र उपप्रमुखमा इश्वर थापा तथा निर्वाचन विभागको प्रमुखमा ऋषिकेश उप्रेती र उपप्रमुखको जिम्मेवारी शम्भु थामीलाई दिईएको छ ।

जित्नेले स्वीकारे आफैसँग चुनाव हार्नेलाई इञ्चार्ज

बैठकले स्थानीय तह अन्तर्गत भीमेश्वर नगरपालिकाको इञ्चार्जमा भरत केसी र सहइञ्चार्जमा मोहन थापा, जिरी नगरपालिकाको इञ्चार्जमा मित्र जिरेल र सह इञ्चार्जमा गेल्वु शेर्पा र गौरीशंकर गाउँपालिकाको इञ्चार्जमा निमा लामा र सह इञ्चार्जमा स्वयँवहादुर खड्कालाई जिम्मेवारी दिईएको छ । गत स्थानीय तह निर्वाचनमा लामा खडकासँग पराजित भएका थिए ।

यस्तै वैतेश्वर गाउँपालिकाको इञ्चार्जमा भिमप्रसाद दाहाल र सहइञ्चार्जमा दिपक अधिकारी, बिगु गाउँपालिकाको इञ्चार्जमा सुन्दर विस्वकर्मा र सह इञ्चार्जमा संजीवव ओली, कालिन्चोक गाउँपालिकाको इञ्चार्जमा राम पाण्डे र सहइञ्चार्जमा बिनकुमार थामी, शैलुङ गाउँपालिकाको इञ्चार्जमा रिमालवावु श्रेष्ठ र सह इञ्चार्जमा धनवहादुर तामाङ, मेलुङ गाउँपालिकाको इञ्चार्जमा रविन्द्र कार्की र सह इञ्चार्जमा प्रेम थापाले जिम्मेवारी पाएका छन् । बैठकले सुन्दर विस्वकर्मा र मोहन थापालाई कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

सचिवालय कमिटी अनुमोदित

बैठकले जिल्ला पार्टी कमिटिको ४५ सदस्यीय सचिवालय कमिटि पनि अनुमोदन गरेको छ । भुगोल र विभागको प्रमुखको जिम्मेवारी पार्टी सचिवालय सदस्यहरुले लिएका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि नेकपा दोलखाको १ सय ३५ सदस्यीय जिल्ला कमिटी र ४५ सदस्यीय सचिवालय बनेको थियो ।

नेकपा प्रदेश नम्वर ३ का सहईञ्चार्ज हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेकपा ३ नम्वर प्रदेशका सचिव तथा केन्द्रीय सदस्य आनन्दप्रसाद पोखरेल, केन्द्रीय पोलिटव्युरो सदस्य एवं प्रदेशसभा सांसद पशुपति चौँलागाई, केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद पार्वत गुरुङ, केन्द्रीय सदस्य गंगा कार्की, केन्द्रीय सदस्य एवं केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज देवी खड्का, केन्द्रीय सदस्य एवम जिल्ला सह ईञ्चार्ज रचना खड्का, युवा नेता एवम प्रदेश सांसद बिशाल खड्का लगाएतको उपस्थिति थियो । बैठक नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पार्टी एकताले पूर्णता पाई केन्द्रमा विभाग तथा जनवर्गिय सँगठन समेतको जिम्मेवारी टुँग्याए लगत्तै नेकपा दोलखाको पनि बैठक बसेको हो । पार्टी एकता पछि जिल्ला कमिटीका सदस्यहरुले सपथ लिएको पहिलो बैठकपछि मंगलवार दोश्रो पटक जिल्ला कमिटीको पूर्ण बैठक बसेको हो । बैठकले कार्य विभाजन र जिम्मेवारीका अलावा अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको छ ।