जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार १४:१२

गठबन्धनको बैठक पछि मन्त्रीपरिषद बैठक बस्ने


काठमाडौं, २ जेठ । आज मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे मन्त्रीपरिषद बैठक बोलाउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताईएको छ ।

सो अघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाक्नुभएको छ । सरकारका नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि गठबन्धनका बैठक बोलाउनुभएको हो ।