जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार १४:२३

रोमानिया पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं, २ जेठ । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका–७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका–९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

विश्वकर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले डिलबहादुर विश्वकर्मासहित ८ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्‍दै पीडितबाट प्रतिव्यक्ति ५ लाख ५० हजारका दरले १८ लाख रकम लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।