जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार १५:४८

गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किदा चार घाइते


चितवन, २ जेठ । गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्दिा चारजना घाईते हुनुभएको छ । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तरगर्त रामनगरमा सडकमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेको एम्बुलेन्स ठोक्किदा चार जना घाइते हुनुभएको हो । उक्त एम्बुलेन्समा गर्भवती श्रृजना गौतम गोरखाबाट उपचारका लागि भरतपुर आउँदै हुनुहुन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय चितवन ट्रकमा ठोक्किएर घाइते भएका मध्ये एम्बुलेन्स चालक गोरखा, सुलिकोट गाउँपालिका–६ का एक बहादुर सुनार र गर्भवती श्रृजना गौतमको अवस्था गम्भिर रहेको छ भने गर्भवती गौतमको अनुहार र खुट्टामा गम्भिर चोट लागेको छ । उहाँका श्रीमान सुदिप गौतम मध्यम र मिना कोइराला भने सामान्य घाईते हुनुभएको छ । उहाँहरु सबैको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । थप अनुसन्धानका लागि ट्रक चालक हेटौँडा उपमहानगरपालिका–१९ का सुरज श्रेष्ठ प्रहरी नियन्त्रणमा परेका छन् ।