जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार १७:५९

साढे तीन महिना देखि बेपत्ता महिलाको शव फेला


नुवाकोट, २ जेठ । नुवाकोटमा साढे तीन महिनादेखि हराइरहेकी एक महिलाको शव फेला परेको छ ।

गत माघ १५ गतेदेखि हराइरहेकी विदुर नगरपालिका–२ बट्टारकी ५४ वर्षीय देवकी अधिकारीको विदुर नगरपालिका–१० केराघारीस्थित छत्तिवनडाँडामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कपडा र झोलाको आधारमा उनको पहिचान खुलेको प्रहरीको भनाइ छ ।