जनता टाइम्स

३ जेष्ठ २०८०, बुधबार १२:५०

यस सिजनमा सगरमाथा चुम्ने पाँच पुगे, मोल्दोभानका एक आरोहीको भने निधन


काठमाडौं, ३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनमा क्रममा मोल्दोभानका एक आरोहीको मृत्यु भएको छ । यस सिजनको लागि सगरमाथामा पुग्ने प्रयास गरिरहेको बेला मोल्दोभानका एक आरोहीको मृत्यु भएको हो । तर, उनको पुर्ण विवरण भने आईसकेको छैन ।

‘ती आरोहीको आज बिहान तीन बजे शिविरमै मृत्यु भएको हो, हामी थप विवरण लिन प्रयास गरिरहेका छौं, पर्यटन विभागका अधिकारी युवराज खतिवडाले भन्नुभयो । यसैगरी, समाचार संस्था एपीका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनमा सगरमाथा आरोहण गर्नेको सङ्ख्या पाँच पुगेको छ ।

आज मात्रै कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर आफनै विश्वकिर्तिमान तोडेका छन् । नेपाली पर्वतारोही कामीरिता शेर्पाले आज २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर विश्वको सर्वोच्च शिखर सगरमाथाको कीर्तिमान कायम गर्नुभएको हो । आजै पासाङ ल्यामु शेर्पाका श्रीमान सोनाम शेर्पाले पनि सगरमाथामा सफल आरोहण गर्नुभएको छ । उहाँ यति समुहको अध्यक्षसमेत हो ।