जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १४:५८

राष्ट्रपति पौडेलले संसदमा सम्बोधन गर्ने, निर्धारित पोशाकमा आउन सांसदहरूलाई आह्वान


काठमाडौं, ४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेभएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले भोली अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधन हुने जानकारी गराउनुभएको हो ।

सभामुख घिमिरेले अपरान्ह पौने ४ बजेभित्र निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक भोली साँझ ६ बजे बस्ने छ ।