जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १६:२६

प्रवासी नेपालीको हकहितमा सुझाव दिन मञ्चको अनुरोध


दोहा, ४ जेठ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्चले पार्टी केन्द्रमार्फत नेपाल सरकार समक्ष प्रवासी नेपालीका समस्या समाधानका लागि माग प्रस्तुत गर्ने भएको छ । त्यसका लागि मञ्चले आफ्ना मातहत निकायहरूसँग सुझावसमेत मागेको छ । मञ्चका उप–सचिव तथा प्रचार–प्रसार समिति प्रमुख चानक पोखरेलले एक पत्र प्रेषित गर्दै रेमिट्यान्स पठाउने स्वदेशमा रहेका आश्रित परिवारको स्वास्थ्य र शिक्षाको सुनिश्चितता सरकारले गर्नुपर्ने अनुरोध गर्नु भएको छ ।

यस्तै प्रमुख पोखरेलले मतदाता नामावलीमा नाम भएका प्रवासी नेपालीले कार्यस्थलबाटै मतदान गर्न पाउनुपर्ने मञ्चको माग रहेकामा अरु के–के समेटिन सकिने हो भन्दै सुझाव दिन मातहतका समितिलाई अनुरोध गर्नुभएको हो । उहालेँ विदेशमा श्रम गरेर स्वदेशमा रेमिट्यान्स पठाउने श्रमिकका हकहितका माग (इनबक्स) मा लेख्न मञ्च आवद्ध सदस्य तथा सहयोगीलाई अनुरोध गर्नुभएको छ ।

उपसचिव पोखरेलले ‘मसिन ग्रासरुट’ अन्तर्गत प्रवासमा भए, गरेका कामको प्रतिवेदन तयार गरिरहेको जानकारी दिदैं सो कार्यक्रम अन्तर्गत प्रतिवेदनमा समेट्न आफ्ना धरणाहरू १५ दिनभित्र बुँदागत रूपमा मञ्चको अन्तर्राष्ट्रिय कमिटीमा पठाउन मञ्चका सबै शाखा तथा मातहत कमिटीलाई अनुरोध गर्नुभएको हो । प्रवासी नेपालीको मताधिकार सुरक्षित र सहज बनाउन र परिवारको स्वास्थ्य–शिक्षाको अधिकार सुनिश्चितका लागि पनि यसै प्रतिवेदनमा समेटिन लागेको जानकारी दिनुभएको छ ।