काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीको नेतृत्वमा देशमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित हुने दाबी गर्नुभएको छ । आज वसन्तपुरमा आयोजित भ्रष्टाचारविरुद्धको सभालाई सम्बोधन गर्दै उहाँले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने बताउनुभयो ।
यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने उहाँको भनाइ छ । कांग्रेस, एमाले र माओवादीबीच ठूला–ठूला भ्रष्टाचारमा दलीय सहमति देखिएकाले भ्रष्टाचारको मुद्दा सार्वजनिक भए पनि टुंगोमा नपुगेको उहाँको भनाइ छ ।
ठूला भ्रष्टाचारका काण्डहरूमा ठूला दलका नेताहरूको संलग्नता देखिएकै कारण टुंगो लाग्न नसकेको बताएका उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा विदेशको चासोका कारण अनुसन्धान भएको बताउनुभयो । तर, यसको पनि अनुसन्धान नै नसकी फाइल बुझाउने तयारी भइरहेको लिङ्देनको आशंका गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्