जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १८:०१

हेम-सरिता फाउण्डेशनका संरक्षकको बिज्ञप्ती : गृहमन्त्रीलाई धन्यवाद, खुट्टा नकमाई भ्रष्टाचारीलाई जेलमा कोचेरै छाडनुपर्छ (बिज्ञप्तीसहित)


अमेरिका, जेठ ४ । नेपालमा लामो एक दशकदेखि भ्रष्टाचारबिरोधी अभियान चलाइरहेको हेम–सरिता पाठक फाउण्डेशनका संरक्षक हेम पाठकले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिँदै खुट्टा नकमाउन सुझाव दिनुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको कामका लागि धन्यवाद दिँदै भ्रष्टाचारबिरोधी अभियन्ता पाठकले यसलाई निश्कर्षमा पुर्याउन आग्रह पनि गर्नुभएको छ ।

पाठकले ‘धन्यबाद अनि खबरदारी’ भन्दै आज जारी गर्नुभएको बिज्ञप्तीमा भन्नुभएको छ, ‘यतिबेला नेपाल भ्रष्टाचारको बिरुद्धको अभियानमा केही आशालाग्दो बाटोमा हिडेको आभास भएको छ । सबैभन्दा पहिला त भ्रष्टाचार बिरुद्धको यो कार्यमा लाग्ने नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी लगायत सम्बन्धीत सबैमा धेरै धन्यबाद छ ।’

हेम–सरिता फाउण्डेशनले आजभन्दा १३ बर्ष अगाडि नेपालमा भ्रष्टाचारबिरोधी अभियानको सुरुवात गरेको थियो । त्यसबेला अघि बढेका काम अहिले अघि बढाएकोमा भन्यवाद दिँदै पाठकले अव पनि निर्धक्कसँग भ्रष्टाचारीलाई जेल हाल्ने काम हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ ।

पाठकले बिज्ञप्तीमा भन्नुभएको छ, ‘आजभन्दा १३ बर्ष पहिला हेम सरिता पाठक फाउण्डेशनबाट हामीले भ्रष्टाचार बिरुद्धको अभियान शुरु गर्दा देशमा खुलेर भ्रष्टाचारको बिरोध गर्न सक्ने मानिस नै पाउन कठिन थियो । हाम्रो फाउण्डेशनले बिगत १३ बर्षमा भ्रष्टाचारको बिरुद्धमा उत्कृष्ट कबिता प्रतियोगीता, गित प्रतियोगीता, पत्रकारीता लगायतका बिधामा पुरस्कार दिने, असललाई पुरस्कृत र खराबलाई दण्डितको माग उठाउन कहिल्यै पछाडि परेनौं । हाम्रो अभियान आज पनि निरन्तर चलिरहेको अवस्थामा आज सदनमा अनि सडकमा पनि भ्रष्टाचारी गर्नेहरुको खुलेआम बिरोध र मानिसमा भ्रष्टाचार बिरुद्धको चेतना बढेको पाइएकोमा निकै खुशी लागेको छ ।’

उहाँले थप्नुभएको छ, ‘भ्रष्टाचार गर्ने मान्छे कुनै दल वा समुहको भए पनि समग्रमा ऊ देश बिरुद्ध लाग्ने मान्छे हो । देशमा सबै खालका भ्रष्टाचारको अन्त्य नभए सम्म समुन्नतीको बाटोमा जान निकै कठिन छ । हामी हाम्रो संस्था माफर्त गरिरहेका सबै प्रकारका अभियान र यो अभियानबाट प्रेरित हुनुहुने सबैमा अझै धेरै खबरदारी गर्नुहुन र देशवासी सबै जना सचेत भएर यो अभियानमा जुट्न आब्हान समेत गर्दछौं ।’

पाठकले एउटा घटनाको छानविनबाट नागरिकमा ठूलो आसाा जागेको पनि बताउनु भएको छ । ‘अहिले देशमा एउटा मुद्धाका केहि दोषी समाउदा त देशमा केहि आशा पलाएको आभाष भएको छ भने आखिर यस्ता धेरै फाईलहरु खोलेर कार्बाही भोगेको देखिने हो भने त अवश्य पनि हाम्रो सानो र सुन्दर देश बिकासको मार्गमा हिड्न कति नै समय लाग्ला र ?’ पाठकले भन्नुभएको छ, ‘हामी जंहा रहे पनि सदैब भ्रष्टाचार बिरुद्धको अभियानमा कदापी कमी आउन दिने छैनौं भन्ने कुरमा पुन प्रतिबद्धता दोहोराउन चाहान्छौं ।’

बिज्ञप्तीको पूर्णपाठ

धन्यबाद अनि खबरदारी ।

यतिबेला नेपाल भ्रष्टाचारको बिरुद्धको अभियानमा केहि आशालाग्दो बाटोमा हिडेको आभास भएको छ । सबैभन्दा पहिला त भ्रष्टाचार बिरुद्धको यो कार्यमा लाग्ने नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी लगायत सम्बन्धीत सबैमा धेरै धन्यबाद छ ।

आजभन्दा १३ बर्ष पहिला हेम सरिता पाठक फाउण्डेशनबाट हामीले भ्रष्टाचार बिरुद्धको अभियान शुरु गर्दा देशमा खुलेर भ्रष्टाचारको बिरोध गर्न सक्ने मानिस नै पाउन कठिन थियो । हाम्रो फाउण्डेशनले बिगत १३ बर्षमा भ्रष्टाचारको बिरुद्धमा उत्कृष्ट कबिता प्रतियोगीता, गित प्रतियोगीता, पत्रकारीता लगायतका बिधामा पुरस्कार दिने, असललाई पुरस्कृत र खराबलाई दण्डितको माग उठाउन कहिल्यै पछाडि परेनौं । हाम्रो अभियान आज पनि निरन्तर चलिरहेको अवस्थामा आज सदनमा अनि सडकमा पनि भ्रष्टाचारी गर्नेहरुको खुलेआम बिरोध र मानिसमा भ्रष्टाचार बिरुद्धको चेतना बढेको पाइएकोमा निकै खुशी लागेको छ ।

भ्रष्टाचार गर्ने मान्छे कुनै दल वा समुहको भए पनि समग्रमा उ देश बिरुद्ध लाग्ने मान्छे हो । देशमा सबै खालका भ्रष्टाचारको अन्त्य नभए सम्म समुन्नतीको बाटोमा जान निकै कठिन छ । हामी हाम्रो संस्था माफर्त गरिरहेका सबै प्रकारका अभियान र यो अभियानबाट प्रेरित हुनुहुने सबैमा अझै धेरै खबरदारी गर्नुहुन र देशबाशाी सबै जना सचेत भएर यो अभियानमा जुट्न आब्हान समेत गर्दछौं ।

अहिले देशमा एउटा मुद्धाका केहि दोषी समाउदा त देशमा केही आशा पलाएको आभाष भएको छ भने आखिर यस्ता धेरै फाईलहरु खोलेर कार्बाहि भोगेको देखिने हो भने त अवश्य पनि हाम्रो सानो र सुन्दर देश बिकासको मार्गमा हिड्न कति नै समय लाग्ला र ?

अन्त्यमा,
हामी जंहा रहे पनि सदैब भ्रष्टाचार बिरुद्धको अभियानमा कदापी कमी आउन दिने छैनौं भन्ने कुरमा पुनः प्रतिबद्धता दोहोराउन चाहान्छौं ।
धन्यबाद ।
हेम पाठक
प्रमुख संरक्षक
हेम-सरिता पाठक फाउण्डेशन ।