काठमाडौं, भदौं ११ । आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण खड्का उत्कृष्ट हुनुभएको छ । भारतको हैदरावाद स्थित सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको १३ महिने अवधीको तालिममा आउट डोर विधामा नेपाल प्रहरीका इन्सपेक्टर कृष्ण खड्का उत्कृष्ट हुनुभएको हो ।
सो तालिममा इन्सपेक्र खड्कासहित नेपाल प्रहरीका ५ जना सहभागी हुनुभएको थियो । खड्कासहित प्रहरी निरीक्षक बोधराज रेग्मी, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र अनु लामा तालिममा सहभागी हुनुभएको हो । सो तालिममा भुटान, माल्दिभ्स, भारत र नेपाल गरी १ सय ३ जना सहभागी भएका थिए । तालिममा उत्कृष्ट हुनुभएका खड्कालाई भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मानित गर्नुभएको थियो ।
तालिममा अपराध अनुसन्धान, साइबर क्राइम र साइबर सेक्युरिटी, ल एण्ड अर्डर कायम गर्ने लगायतका विषयमा सुरक्षा विज्ञहरुले तालिम दिएका थिए । उत्कृष्ट हुने खड्का २०७२ सालका ब्याजी हुनुहुन्छ । यस्तै तालिममा यसअघि नेपाल प्रहरीका प्रहरी निरीक्षक रद्यु सिंह विष्ट र राजेशराज पुरी उत्कृष्ट हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्