जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार १७:११

विकास आयोजनाका समस्या समाधान गर्न कानून ल्याइने


काठमाडौं, ५ जेठ । सरकारले विकास आयोजनामा देखिएको समस्या समाधानका लागि विकास आयोजना सम्बन्धी कानून ल्याउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०.२०८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकासमा जग्गा प्राप्तिका लागि देखिएको समस्या समाधान, वन तथा अन्य समस्या समाधान गर्न कानून ल्याइने बताउनुभयो ।

त्यस्तै, आयोजनाको तयारीका सम्पूर्ण चरण सम्पन्न भएका आयोजनालाई मात्र बजेट दिइने, आयोजना वर्गीकरण निर्देशिका बमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गरी बजेट दिने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले बताउनुभयो ।