जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार १८:१२

सरकारको नयाँ नारा – युवासँग सरकार, हुने छैनन् बेरोजगार


काठमाडौं, ५ जेठ । सरकारले नीति तथा कार्यक्रम मार्फत आगामी दुई वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममा ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ को नारा पनि समेटिएको छ ।

निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सिप विकास र रोजगार कार्यक्रम मार्फत सरकारले पाँच लाख रोजगारीको लक्ष्य हासिल गर्ने पौडेलले बताउनुभयो । सरकारले हरेक वर्षका नीति तथा कार्यक्रममा लाखौं रोजगारी सिर्जनाको घोषणा गर्दै आए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।

स्वचालित ज्याला प्रणाली लागू गरिने

श्रमिकहरुको जीवन धान्ने गरी स्वचालित ज्याला प्रणाली लागू गरिने भएको छ । सरकारले आगामी नीति तथा कार्यक्रममार्फ यास्तो लक्ष्य लिएको हो । साथै सरकारी र निजी प्रतिष्ठानमा अनिवार्य श्रम अडिट गर्नुपर्ने व्यवस्था पनि गरिने भएको छ ।