काठमाडौं, ५ जेठ । सरकारले दुई जिल्ला बराबर एक एयर एम्बुलेनस सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले सो प्रतिवद्धता जनाएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स संचालन गरिने बताउनुभयो । महिलाहरुमा देखिने स्तन र पाठेघरमुखको क्यान्सरलाई सात प्रदेशमा पहुँच योग्य बनाउने बताउनुभयो । यस्तै बाँझोपनको उपचार सातै प्रदेश उपलब्ध गराउने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्