जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार २२:०७

विदेशमा बस्ने नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा


काठमाडौं, ५ जेठ । सरकारले विदेशमा बस्ने नेपाली नागरिकका लागि मतदान गर्न पाउने व्यवस्था गरेको छ । आज संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ । साथै, नागरिकतासम्बन्धी समस्या अविलम्ब समाधान गर्ने उल्लेख छ ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।