जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार २२:४४

पोर्चुगलमा नेकपा एमालेको ग्रासरुट अभियान सम्पन्न, देशको विकास एमालेले मात्रै गर्ने हो भन्दै युवाहरू प्रवेशको लर्को


काठमाडौं, ५ जेठ । नेकपा एमालेको ग्रासरुट अभियान अन्तर्गत प्रवासी नेपाली मञ्च पोर्चुगलमा सम्पन्न भएको छ । यस ग्रासरुट अभियान सफलताका साथ सम्पन्न गर्न नेकपा एमालेलाई माया गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनी र प्रवासी नेपाली मञ्चमा आवद्ध सदस्यहरुले साथ दिनुभएको थियो । यस क्रममा अन्य राजनीतिक पार्टीका भातृ संगठन परित्याग गरि प्रवासी नेपाली मञ्चमा आवद्ध हुनुभएको छ ।

नेकपा एमालेमा प्रवेशको लहर विदेशमा पनि चलेको छ । नेपाली जनप्रगतिशिल मञ्चका प्रबिन वस्तीलगायत विभिन्न जनसम्पर्क समितिका धेरै युवाहरूले देशको विकास गर्ने भनेकै नेकपा एमालेले मात्रै हो भन्दै नेपाली प्रवासी मञ्चमा प्रवेश गर्नुभएको हो । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समन्वयका उप–सचिव एवं प्रचार विभाग प्रमुख चानक पोखरेलले आफ्नो जिम्मामा उक्त क्षेत्रको मिसन ग्रासरुट परेको भएपनि आफ्नो स्वास्थ्य प्रतिकुलताका कारण उपस्थित हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उहाँले आफू उपस्थित हुन नसकेकोमा क्षमायाचना गर्दै भर्चुअलमाध्यम मार्फत आफ्ना बिचारहरुलाई भने प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समन्वयका अध्यक्ष सञ्जय थापाले कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएको थियो । थापाले मिसन ग्रासरुट अभियानलाई अन्तर्राष्ट्रिय रुपमा प्रवासी नेपाली मञ्चले प्रबासमा हरेक देशहरु र महादेशहरुमा छिट्टै नै सफलताका साथ सप्पन्न गराउँने बताउनुभयो । यस ग्रासरुट अभियानलाई सफल तुल्याउन अहोरात्र खट्नुहुने सम्पुर्णमा कमरेडहरुलाई पोखरेलले हार्दिकतासहित धन्यवाद दिनुुभएको छ ।