जनता टाइम्स

६ जेष्ठ २०८०, शनिबार १४:१६

खोप अभियानले तिब्रता पाए असारमै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने


रौतहट, ५ जेष्ठ । जिल्लामा खोज र खोप अभियानले तिब्रता पाएको छ । अषाढ मसान्तसम्म रौतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उदेश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको हो । नेपाल सरकार को पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक सञ्चालन भई रहेका छन् ।

खोप लिन छुटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप घर घरमा गई दिरहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेशप्रसाद यादवले बताउनुभयो । जसका लागि स्थानिय तहले सुलभ सर्वेक्षण लगायत कार्यक्रम समेत संचालनमा ल्याएको प्रमुख यादवले बताए । नियमित खोपको अलावा यो अर्को अभियान भएको हो । पुर्ण खोप सुनिश्चितता बौधीमाई ,देवाही गोनाही ,परोहा, माधवनारायण, गरुडा चन्द्रपुर ,फतुबा बिजयपुर र गौर नगरपालिका रहेका छन ।

खोज र खोप अभियानमा जिल्लाका सबै बालवालिका खोप पाएको देखाई सकेपछि मात्र रौतहट पुर्ण खोप घोषणा हुने प्रमुख यादवले बताउनुभयो । जन्म देखि १५ महिना भित्र सेडुल अनुसारको खोप लिनुपर्ने हुन्छ । उहाँका अनुसार जिल्लाको नौ स्थानीय तहमा खोप सुनिश्चितता भएको अवस्था छ । सुनिश्चितता भएको ठाउमा पुर्णखोप दिगोपना कार्यक्रम सञ्चालन गरि रहनु पर्दछ । जसअनुसार ६ हप्तामा रोटा, पोलियो, पिसिभि, डिपिटि, हेपबि, हिबको खोप दिइनेछ भने १० हप्तामा रोटा, पोलियो, पिसिभि, डिपिटि, हेप वि, हिप खोप लगाई सक्नुपर्दछ ।

बालवालिकालाई १४ हप्तामा पोलियो एफ आई पिभि, डिपिटी, हेपबि, हिब खोप दिने हो । ९ महिनामा एफ आई पिभि, पिसिभी, दादुरा–रुवेला, १२ महिनामा जापानिज ईन्सेफलाईटिस र १५ महिनामा दादुरा–रुवेला, टाईफाईट रोग विरुद्वको खोप नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्था मार्फत निशुल्क रुपमा नियमित खोप दिई रहेका छन । २०३४ सालमा दादुरा उन्मुलन भएपछि सिन्धुपाल्चोक र धनुषावाट खोप अभियान शुरु भई हाल ७७ वटै जिल्लामा १३ रोग विरुद्व १३ खोप चलिरहेको छ ।