जनता टाइम्स

६ जेष्ठ २०८०, शनिबार २०:५२

हत्याका फरार अभियुक्त १४ वर्षपछि पक्राउ


रौतहट, ६ जेठ । रौतहटको गुजरा नगरपालिका-६ प्रतापपुर पल्टुवाका ४५ वर्षीय शेख अलाउदिनलाई प्रहरीले पक्राउ गरेको छ । फुपूको हत्यापछि फरार अलाउदिनलाई १४ वर्षपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले शनिबार पक्राउ गरेको हो ।

२०६६ साल पुस ८ गते राति १२ बजे साविक गाविस बगही हाल कटहरीया–६ फत्तेपुरका शेख फौजदारकी श्रीमती ६५ वर्षीया मजबुनिया शेखिनको अलाउदिनले गोली हानी हत्या गरेको आरोप लागेको थियो । मृतक अलाउदिनका फुपू हुन् । जग्गाको लोभमा हत्या गरेको आरोप लागेपछि उनी फरार थिए ।