जनता टाइम्स

७ जेष्ठ २०८०, आईतवार १५:५६

नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन चित्रबहादुर केसीको माग


काठमाडौं, ७ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन माग गर्नुभएको छ । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा आज भएको छलफलमा सहभागी हुँदै उहाँले उक्त नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित संघीयता भन्ने शब्द हटाउनुपर्ने माग गर्नुभएको हो ।

संघीयता देशले धान्न नसक्ने भन्दै उहाँले देशले धान्नै नसक्ने हुँदा नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेख भएको ‘संघीयता’ शब्द हटाउनुपर्ने बताउनुभयो । सुरुदेखि नै आफ्नो पार्टीले संघीयताको विपक्षमा रहेको भन्दै उहाँले देशले धान्न नसक्ने हुँदा संघीय व्यवस्था नै खारेज गर्नुपर्ने बताउनुभयो ।