जनता टाइम्स

७ जेष्ठ २०८०, आईतवार १७:२३

नक्कली भुटानी शरणार्थी प्रकरणमा नर्दोष फस्दैनन्, दोषी उम्कदैनन् : माओवादी प्रवक्ता महरा


काठमाडौं, ७ जेठ । नेकपा माओवादी केन्द्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नफस्ने र निर्दोष नउम्कने दाबी गरेको छ । काटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष नफस्ने र दोषी नउम्कने बताउनुभएको हो ।

यसअघि आज प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउन र निर्दोष फसाउन खोजिएको भन्दै सरकारको कडा आलोचना गर्नुभएको थियो । यसपछि आयोजित पत्रकार सम्मेलनमा सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रका प्रवक्ता महराले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने र निर्दोष फस्ने स्थिति नआउने दाबी गर्नुभएको हो ।