जनता टाइम्स

८ जेष्ठ २०८०, सोमबार ०८:०३

महिला क्रिकेटमा चितवन र काठमाडौं विजयी


हेटौंडा, ८ जेठ । काठमाडौं र चितवनले बाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आइतबार विजयी सुरुआत गरेका छन् ।

चितवनको गौतम बुद्ध क्रिकेट मैदानमा आइतबारदेखि सुरु भएको महिला क्रिकेटमा काठमाडौंले भक्तपुरलाई ६ विकेट र चितवनले ललितपुरलाई १० विकेटले हराउँदै विजयी सुरुआत गरेका हुन् । बाग्मती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी १३ खेलमध्ये महिला क्रिकेट पहिलो प्रतिस्पर्धा हो । सोमबार भएको पहिलो खेलमा भक्तपुरले प्रस्तुत गरेको ७५ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । काठमाडौंको जितमा यशोदा विष्टले सर्वाधिक १४ रन, विन्दा कटवालले १३ रन र अस्मिता खरेलले ११ रनको योगदान दिनुभयो ।

भक्तपुरले अतिरिक्त ३५ रन खर्चिएपछि काठमाडौंलाई जित निकाल्न सहज भयो । भक्तपुरकी पूजा साउदले दुई तथा स्वेच्छा खड्काले एक विकेट लिनुभयो । त्यसअघि ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेटको क्षतिमा ७५ रनको झिनो योगफल खडा ग¥यो । भक्तपुरका लागि एलिशा खड्काले २२ रन र पूजा साउदले १० रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सक्नुभएन । काठमाडौंको बलिङमा अस्मिता खरेलले तीन विकेट तथा यशोदा विष्ट र संस्कृति फुँयालले एक विकेट लिनुभयो ।

अर्को खेलमा ललितपुरले प्रस्तुत गरेको ८८ रनको लक्ष्य चितवनले ९ ओभरमा विनाविकेट पूरा ग¥यो । चितवनको जितमा ओपनरद्वय हेलिसा गुरुङ १९ रन र सुमन खतिवडा ५३ रनमा अविजित रहनुभयोे । अर्धसतक प्रहार गर्नुभएकी सुमनको इनिङमा ९ चौका र एक छक्का रह्यो । ललितपुरका बलर यी ओपनरसामू निरिह हुनुभयो । त्यसअघि ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ८७ रनको योगफल खडा ग¥यो ।

ललितपुरका लागि यशु पाण्डले १६ रन र दीपा पौडेलले ११ रन बटुल्दा अन्यले दोहोरो अंकमा रन बटुल्न सक्नुभएन । चितवनको बलिङसामू ललितपुरका ब्याटर लामो समय टिक्नै सक्नुभएन । चितवनको बलिङमा हेलिशा, निसा तामाङ र सुमन खतिवडाले समान दुई विकेट लिँदै ललितपुरको ब्याटिङ धरासयी बनाउनुभयो ।