जनता टाइम्स

८ जेष्ठ २०८०, सोमबार १२:०६

इन्टरनेटको बढाउन खोजिएको अनुचित मूल्य रोक्न माग


काठमाडौं, ८ जेठ । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागिएको भन्दै रोक्न सरकारसँग माग गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उहाँले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । अनुचित रुपमा बढाउन खोजिएको इन्टरको मूल्य रोक्न उहाँले माग गर्नुभएको हो ।