जनता टाइम्स

९ जेष्ठ २०८०, मंगलवार ०७:०७

सफा हिमाल अभियानका सरदार शेर्पाको निधन


काठमाडौं, ९ जेठ । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन भएको छ ।

सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमवार दुःखद निधन भएको हो । उहाँ बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भुमिकामा हुनुहुन्थ्यो ।

ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भूमिकामा रहदैँ गर्दा उहाँ अचेत हुन पुग्नुभएको थियो । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुग्नुभएका शेर्पाको सोमवार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ ।

उहाँको पार्थिव शरिरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाईएको छ ।

उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरिर पनि परिवारजनलाई बुझाईएको छ ।