जनता टाइम्स

९ जेष्ठ २०८०, मंगलवार ०८:४२

काभा महिला भलिबल : आज बंगलादेशसँग खेल्दै नेपाल


काठमाडौं, जेठ ९ । सोमबारदेखि सुरू भएको काभा महिला भलिबल च्यालेन्ज कपको प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा तुलनात्मक रूपमा कमजोर टिम बंगलादेशलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।

आज हुने पहिलो खेलमा बिहान १० काजाकास्तान र श्रृलंकाबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा भारत र किर्गिस्तान दिउसो १२:३० बजे आमने ‍सामने हुनेछन् । यस्तै,साँझ ६:३० बजे हुने खेलमा उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा नेपालसहित ८ टिमको सहभागिता रहेको छ ।

समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।