जनता टाइम्स

९ जेष्ठ २०८०, मंगलवार १८:३५

सडक निर्माणमा वन बाधक बन्यो, कानून परिमार्जन गरौँ : राज्यमन्त्री चपाईं


काठमाडौं, ९ जेठ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले विकास र्निमाणका कामहरु जलवायुमैत्री हुन नसकेको बताउनुभएको छ । स्पिकर्स फोरम र एमसिडिफ नेपालले आज काठमाण्डौमा गरेको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहसमा उहाँले वन र सडकको तादम्यता नमिल्दा सडक निर्माण हुन नसकेको गुनासो आउने गरेको बताउनुभएको हो ।

पहाडी क्षेत्र जलवायु परिवर्तनबाट बढी प्रभावित हुने गरेको उल्लेख गर्दै उहाँले जलवायुमैत्री विकास निर्माणको सम्पुर्ण जिम्मा स्थानीय तहलाई दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनमा आउने वैदेशिक सहयोगको सदुपयोग भएनभएको अनुगमन र निरीक्षण हुन आवश्यक रहेको बताउनुभयो ।