काठमाडौं, १० जेठ । रास्वपा सांसद सुमना श्रेष्ठले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने माग गर्नुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले २०७६ सालयता मात्र १७ अर्ब रुपैयाँ वितरण भएकाले अब सांसद विकास कोष बन्द गर्नुपर्ने बताउनुभयो ।
सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हुने भएकाले यसलाई रोक्नुपर्ने भन्दै उहाँले सांसद विकास कोषको विपक्षमा रास्वपा रहेको जानकारी दिनुभयो । सांसद विकास कोष ब्युँताउन नहुने भन्दै उहाँले रुलिङको मागसमेत गर्नुभयो ।
साथै १ जेठमा नक्कली भुटानी प्रकरणसहितको विषयलाई लिएर आफूले दर्ता गरेको संकल्प प्रस्ताव टेबुल नहुनुको कारण पनि सभामुख देवराज घिमिरेसँग उनले जवाफ मागिन् ।













प्रतिक्रिया दिनुहोस्