जनता टाइम्स

१० जेष्ठ २०८०, बुधबार १८:४९

शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार कम हुन्छ : गगन थापा


काठमाडौं, १० जेठ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्युनिकरण हुने धारणा राख्नुभएको छ । आज प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने धारणा राख्नुभएको हो ।

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने बताउनुभयो । उहाँले यसका लागि लोकसेवा आयोगको भुमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानून, संवैधानिक निकायको नियुक्ति लगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने बताउनुभयो ।