जनता टाइम्स

१२ जेष्ठ २०८०, शुक्रबार १७:२८

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त


काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले उहाँलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

प्रमुख सचेतकमा नियुक्त भएका प्रदीपलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा निमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिन अध्यक्ष यादवले संघीय संसदका महासचिवलाई पत्र लेख्नुभएको छ ।