जनता टाइम्स

१३ जेष्ठ २०८०, शनिबार ०६:१८

मास्टर्स ओपन टेबलटेनिस आजदेखि


पोखरा, १३ जेठ । स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा हुने भएको छ ।

प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् । प्रत्येक स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पोखरा महानगरपालिका वडा २ को सहयोग, कास्की जिल्ला टेबलटेनिस संघको संयोजन र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा विभिन्न ८ जिल्लाका १ सय ६ खेलाडी सहभागी हुने छन् ।

तीनदिने प्रतियोगिताका खेलहरु पोखरास्थित श्री स्याङजा रापाकोट तनहुँ मिलिजुली समाजमा हुनेछ ।