जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार १६:०५

राजधानी– हेटौडा केवलकार : पौने घण्टाको यात्रा


केवलकार निर्माण एवम् सञ्चालनमा आएमा अवौं अरब रकमको इन्धन आयतलाई आफ्नै स्वदेशी विद्युतले प्रतिस्थापित गर्दछ । जसले गर्दा अरबौँ अरब रकम विदेशीनबाट जोगिन्छ । साथै वायु प्रदुषणमा समेत सुधार ल्याउँछ 

अभियन्ता बद्रीप्रसाद खतिवडा

काठमाडौँ उपत्यकाबाट हेटौँडा केवलकारको दुरी ४२.५ किमीलामो पर्दछ । हेटौँडाको यो विन्दु उपत्यकाबाट पूर्व पश्चिम राजमार्गलाई छुने सबैभन्दा छोटो दुरी हो । यसकारण पनि यस केवलकारको बहुपक्षीय उपयोगिता छ । विगत २०४०को सुरु दशक देखि पूर्वी नेपालका साना ठूला हजारौं गाडीहरु दैनिक त्रिभुवन राजपथ उपयुक्त नभएकोले भरतपुर, मुग्लिङ हुँदै राजधानी आवत–जावत गर्दछन । यो केवलकार बनेमा एकतर्फी आवत–जावत गर्दा करिब २२० कि.मी. यात्रा छोटिन्छ साथै यात्रुको ६ घण्टा यात्रा समय बचत हुन्छ । सोही अनुपातमा भाडा दर एवं सवारीको क्षयीकरण साथै इन्धनमा समेत बचावट हुन आउँछ । हेटौंडामा विमानस्थल नहुँदा आकस्मित सेवाको लागि निकै प्रभावकारी हुन्छ ।

हालै पथलैया ट्राफिक प्रहरी कार्यालयले बताएअनुसार दैनिक अन्दाजी ४५०० साना ठूला सवारी आवत–जावत गर्दछन् । यो क्रमविगत ४ दशक देखि चल्दै आएको छ । उपरोक्त केवलकार निर्माण एवम् सञ्चालनमा आएमा अवौं अरब रकमको इन्धन आयतलाई आफ्नै स्वदेशी विद्युतले प्रतिस्थापित गर्दछ । जसले गर्दा अरबौँ अरब रकम विदेशीनबाट जोगिन्छ । साथै वायु प्रदुषणमा समेत सुधार ल्याउँछ ।

जहाँसम्म निर्माण लागतको सवाल छ आर्थिक कमजोरी भएको सरकारको मुख ताक्नुभन्दा विशेषत पूर्वी नेपालका नागरिकको पहलमा निजी क्षेत्रबाट सहकारी मोडलमा लैजाँदा शिघ्र प्रतिफल प्राप्त गर्न सकिन्छ । अझ विशेष आर्थिक विपन्न व्यक्ति समेतको सेयर लगानी लगाउँदा उनीहरुको जीवन स्तर समेत माथि उठ्छ । त्यसमा हाम्रो विशेष ध्यान जानु आवश्यक छ ।

विगत सय वर्ष अगाडि श्री ३ चन्द्र शमसेरले निर्माण गरेको मालबहाक रोपवे भएकै स्थानमा सोही मार्गलाई पछ्याएर केवलकार निर्माण गर्दा हेटौडा स्थित चौकीटोला र काठमाडौं स्थित टेकु भन्सारमा रोपवेको आफ्नै स्वामित्वमा जग्गा भएकोले जग्गा सम्बन्धि कुनै झनझट नहुने र इतिहास एवं इतिहास पुरुषको समेत सम्मान भइ राम्रो परम्परालाई निरन्तरता दिएको देखिन्छ ।

यस विषयमा लेखकसहित शताब्दी पुरुष कृष्णप्रसाद भण्डारीसमेतको एक टोलीले २०७९/१२/१० गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई ध्यानाकर्षण गराउँदा यस विषयमा उहाँबाट सकारात्मकप्रतिकृया पाएका थियौं ।

केवलकारको प्रस्तावित मोडालिटि
उक्त केवलकार निर्माण गर्दा टावरहरु अग्ला र मजबुतहुन जरुरी छ, ती टावरमा दुई लेनको माथि र वीचको लेनमायात्रुहरु आवत–जावत गर्ने र तेस्रो लेनमा प्रविधिले मिलेसम्म मोटरसाइकल र हल्का सवारी साधनसमेत ल्याउन लैजान सकिने गरी निर्माण गर्दा बहुउपयोगी हुन्छ ।
यसमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।