जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १७:५६

सार्वजनिक खर्चमा कटौती, २० वटा समिति र आयोग खारेज


काठमाडौं, १५ जेठ । सार्वजनिक खर्चमा कटौती गर्न अर्थमन्त्री डा. प्रकाशरण महतले २० वटा आयोग र समिति खारेज गर्ने घोषणा गर्नुभएको छ । सार्वजनिक खर्च प्रणाली पुनरवलोकन आयोगको सुझावअनुसार समिति खारेज गर्ने सरकारले निर्णय गरेको हो । त्यस्तै उहाँले ९ महिनादेखि बोलपत्र नभएका आयोजनाहरूको स्रोत सहमति खारेग गरेको बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘यसअघि समिति दिएका मध्ये ९ महिना पुरा भई हाल सम्म बोलपत्र आह्वान नभएका तथा आगामी वर्षको बजेटमा विनियोजन प्रस्ताव नगरेका आयोजनाको स्रोतको सहमति खारेज गरेको छु,’ उहाँले भन्नुभयो ।