जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १९:०२

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने


काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताउनुभएको छ । भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गर्नुभएको छ ।

त्यस्तै स्थानीय तहका पालिकाकाको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उहाँले बताउनुभयो । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयो ।