जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार १०:१५

अन्तत: समातिए सुडान घोटालाका दोषी भारती


काठमाडौं, भदौ १३ । सुडान घोटाला काण्डका प्रमुख दोषीमध्येका एक शम्भु भारती पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी) को टोलीले ललितपुरको भैंसेपाटीस्थित निवासबाट भारतीलाई पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा ठेकेदार भारतीलाई दोषी ठहर गर्दै १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । उनको निर्माण कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको ठहर अदालतको थियो । विशेष अदालतले शम्भु भारतीलाई एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना हुने ठहर गरेको थियो ।

ठेकेदार भारतीको कैद र जरिवाना सर्वोच्चले पनि सदर गरिदिएको थियो । उनी त्यसयता फरार रहेको थिए । सिआइवीले बिषेश सचनाका आधारमा भारतीलाई पक्राउ गरेको हो । भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाइने प्रहरीले जनाएको छ ।