जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार १०:२८

मन्त्री भट्टराईको निर्देशनपछि पशुपतिमा बज्ने भयो साँझको आरतीअघि राष्ट्रिय गान


काठमाडौं, भदौ १३ । पशुपति मन्दिरमा हेरक दिन हुने साँझको आरती गर्नुअघि राष्ट्रिय गान बज्ने भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतीमा साँझपख हुने आरती भन्दा अगाडी अनिर्वाय राष्ट्रिय गित बजाउने व्यवस्था मिलाउन पशुपती क्षेत्र विकासलाई निर्देशन दिनुभएको हो ।

आजै साँझको आरती भन्दा अगाडी राष्ट्रिय गित बज्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास समितिले जनाएको छ ।