लमजुङ, जेठ १८ । लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन् । बिहीबार बिहान साँढे १ बजे कारागारको पर्खाल नागेर कैदीबन्दी फरार भएका हुन् । उनीहरु बेसीसहर नगरपालिका वडा नं. ८ शेरामा रहेको कारागारबाट फरार भएका हुन ।
फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्लेका २७ वर्षका विष्णु विक र गोरखाको चुम्नुव्री गाउँपालिका वडा नं. ३ घट्टेखोला घर भइ पोखरा महानगरपालिका १६ बस्ने ३७ वर्षका चन्द्रबहादुर गुरूङ रहेका छन् ।
कैदीबन्दीको खोजीकार्यमा प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलको कमाण्डमा प्रहरी खटिएका छन् । रातको समयमा पर्खाल नागेर भागेका कैदीबन्दीको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्