जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार १७:३१

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान


काठमाडौं, १९ जेठ । विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य आशुतोष प्रधानले पाउनुभएको छ ।

आज बसेको पार्टीको केन्द्रीय समिति वैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई पार्टी प्रवक्तामा प्रवक्तामा नियुक्त गरेको केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय व्यवस्थापन प्रमुख नवराज थापाले जानकारी दिनुभयो ।

त्रिभुवन विश्व विद्यालयमा ’संस्कृति पर्यटन’ का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व सम्हालिसक्नुभएको छ ।