मुम्बई, २० जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चौथो दिनको बिहान पुरै ब्यस्त रहनु हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा जानुभएका प्रधानमन्त्री दाहाल आज बिहान १२ बजेसम्म ब्यस्त रहने हुनुभएको हो । सो क्रममा उहाँले तीनवटा कार्यक्रम भ्याउनु हुनेछ ।
नयाँदिल्लीवाट हिजो महाराष्ट्र आउनुभएका प्रधानमन्त्री दाहालले बिहान भरी सूचना प्रबिधि सबन्धी कार्यालयको अवलोकन भ्रमण गर्नुहुनेछ । जसअनुसार महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि सूचना प्रबिधि सम्बन्धि विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्ने हुनेछ भने त्यसपछि स्पेशल इकोनोमजी जोनमा आयोजित कार्यक्रममा सहभागी हुनु हुनेछ । स्मरण रहोस, इन्फोसिस बेलायती प्रधानमन्त्री ऋषि सुनकका ससुरा एन एन नारायण मुर्तिको अफिस हो ।
शनिबार बिहान भरी नै ब्यस्त रहनु हुने प्रधानमन्त्री प्रचण्ड अपरान्ह १२ बजे पछि आफनो औपचारिक कार्यक्रम सम्पन्न गर्नेहुनेछ । त्यसपछि अनौपचारिक हुने प्रधानमन्त्री दाहाल साँभः ४ बजे नेपाल एअरलाइन्सको बिमानवाट स्वदेश आउउनु हुनेछ ।













प्रतिक्रिया दिनुहोस्