जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार ०६:१०

भ्याली पब्लिक र ग्रिनल्यान्ड सफल


काठमाडौं, २१ जेठ । भ्याली पब्लिक र ग्रिनल्यान्डले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सफलता पाएका छन् ।

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी ९बीएमसीए० र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा भ्याली पब्लिकले आयोजक बीएमसीए ‘बी’ लाई ४२–३३ ले पराजित ग¥यो । भ्याली पब्लिकका अनमोल गुरुङले १५ अंक योगदान गरे । प्रवीण गुरुङको १३ अंक सहयोगमा ग्रिनल्यान्डले टीआईएलाई ४४–३२ ले हरायो ।

सिनियर ब्वाइजमै दोहोरो जित निकाल्ने क्रममा भ्याली पब्लिकले सेन्ट जेभियर्समाथि ४९–३० को जित दर्ता ग¥यो । विजयी टिमका लागि सुजन चौधरीले १५ अंक जोडे । हिमालयन किङडम विरुद्धको खेलमा गोल्डेनपिक ५९–३७ ले विजयी भयो ।

गल्र्समा पनि भ्याली पब्लिकले दोहोरो जित आत्मासात् ग¥यो । भ्याली पब्लिकले बीएमसीएलाई ३५–२८ तथा जुगललाई ३९–२५ ले पाखा लगायो । जितमा बीएमसीए विरुद्ध लोरिशा गौचनले ११ तथा एन्जल गुप्ताले १९ स्कोर गरे ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १८–१३, गोल्डेनपिकले बीएमसीएलाई २५–२० र स्किब्सले एन्जल्स हार्टलाई १८–१७ ले पन्छाए । ग्रिनल्यान्डका विश्वास केसीले ६ तथा गोल्डेनपिकका पासाङ शेर्पाले १५ अंक जोडे ।