जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार ०६:१३

ओलम्पिक दिवसमा साइकल ¥याली


काठमाडौं, २१ जेठ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा शनिबार साइकल ¥याली आयोजना गरिएको छ । नेपाल ओलम्पिक कमिटी ९एनओसी० को तत्वावधान, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको व्यवस्थापन तथा नेपाल साइक्लिङ संघको आयोजनामा ¥याली आयोजना गरिएको हो ।

¥यालीमा १ सय २५ जना सहभागी थिए । ¥याली बसन्तपुर डबलीबाट सुरु भइ सातदोबाटोस्थित एनओसीको मुख्यालयमा पुगेर टुंगिएको थियो ।
¥यालीको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा अध्यक्ष श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीकी उपाध्यक्ष ज्योति राणाले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए ।

कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवसका अवसरमा जुन २३ गतेसम्मको अवधिमा देशव्यापी रुपमा करिब ६ हजार कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी गराए । साइकल ¥याली ओलम्पिकको पहिलो कार्यक्रम हो ।