जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार ०६:२१

रष्ट्रिय रग्बीमा सेमिफाइनल समीकरण पूरा


काठमाडौं, २१ जेठ । बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको पहिलो दिन शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष÷महिला दुवैमा सेमिफाइनल समीकरण तयार भयो ।

भक्तपुरको सानो थिमी मैदानमा भएको प्रतियोगिताको पुरुषमा नेपाल आर्मीले एपीएफ क्लब तथा कर्णाली प्रदेशले कोशी प्रदेश विरुद्ध सेमिफाइनलमा खेल्ने छन् । महिलामा एपीएफ र आर्मी तथा कर्णाली र बागमतीबीच सेमिफाइनल हुनेछ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ७–७ टिम सहभागी छन् ।

यसै प्रतियोगिताबाट कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने छ ।