जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १४:३६

नक्कली नोटसहित दुई जना पक्राउ


काठमाडौं, २१ जेठ । पर्सा र चितवनबाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित सर्लाही बरहथवा नगरपालिका–५ रामजानकी टोल बस्ने ३० वर्षीय रामबिश्वास महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका–३ शहिदचोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारत मध्यप्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका(१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले दिएको १ हजारको नोट नक्कली भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले सिंहको खोजी गर्ने क्रममा उक्त स्थानबाट नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।