जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १६:०१

गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी


काठमाडौं, २१ जेठ । रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आज दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ । त्रिभुवन साहसमेतले रिट दर्ता गर्नुभएको हो ।

७ चैत २०६३ मा भएको सो घटनामा २८ जनाको हत्या भएको थियो । रौतहटको गौरस्थित राईसमिलको चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एकजनाको उपचारका क्रममा निधन भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।