जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १७:५५

भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी


काठमाडौं, २१ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले नेपालमा बहुमत पुर्‍याउन खोजेका आरोप लगाउनुभयो । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन खोजेको उहाँको आरोप छ । अंगिकृतबाट जन्मिएकालाई बंशजको नागरिकता दिनै नमिल्ने उहाँले तर्क गर्नुभएको छ । संविधानमै त्यो कुरा राखेर नेपाललाई कमजोर पार्न खोजिएको उहाँले बताउनुभयो ।

‘भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर। एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भूटान बनाउन प्रयत्न गरिराखेको छ,’ केसीले भन्नुभयो ।

नेपाललाई हिन्दुराज्य बनाउने मात्रै बनाउने नभई अखण्ड भारतमा समे सामेल गराउने तयारी भारतको रहेको उहाँले टिप्पणी गर्नुभयो । यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएर आक्रोस पोखिरहेको बताउनुभएको छ । एमालेले पनि यो विधेयक ल्याउन खोजेकोमा त्यसको जस लिन नपाउँदा उसलाई छटपटी भइरहेको उहाँको भनाइ थियो ।