जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार १२:२३

प्रधानमन्त्री प्रचण्डद्वारा भारतको भ्रमणबारे सदनलाई जानकारी


काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधिसभालाई जानकारी गराउनुभयो । आज बसेको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री प्रचण्डले यही १७–२० जेठमा चारदिन भएको भारतको औपचारिक भ्रमणका विषयमा सदनलाई जानकारी गराउनुभएको हो ।

भ्रमणका क्रममा जलविद्युत् परियोजनादेखि पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण तथा विस्तारबारे सहमति भएको जानकारी गराउँदै सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले सातवटा दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराउनुभयो । रेलमार्गबाट पारवाहन सुरु गरिएको उहाँले बताउनुभयो ।