काठमाडौं, २२ जेठ । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर प्रतिनिधिसभाको बैठकमा सवाल जवाफ जारी छ । प्रधानमन्त्रीले आफ्नो चार दिने भ्रमणबारेमा बोलिसकेपछि प्रश्न गर्ने क्रममा सांसद रोशन कार्कीले नागरिकता विधेयकबारे प्रश्न उठाउनुभएको हो ।
‘भारत जान जहाज चढ्नुअघि नागरिकता प्रमाणीकरणको टिकट तपाईंलाई किन चाहियो ?’, उहाँले सोध्नुभयो, ‘प्रधानमन्त्रीले महाकालेश्वरको पनि दर्शन गर्नु भएको छ नढाँटी भनिदिनु न ।’ उहाँले सत्तासँग प्रधानमन्त्रीले कपिलवस्तु र लुम्बिनीलाई पनि साटेको हो ? भनेर सोध्नुभयो ।













प्रतिक्रिया दिनुहोस्