काठमाडौं, २२ जेठ । नेकपा एमालेका सांसद योगेश भट्टराईले नागरिकता विधेयकको कन्टेनमा बहस गर्न आफूहरू तयार रहेको बताउनुभयो । प्रतिनिधि सभाको बैठकमा बोल्दै झ्वाँक नचलाउन चुनौती दिनुभयो ।
उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदा निकै झ्वाँक देखाउनुभयो । यसरी झ्वाँक देखाउने छुट तपाईंलाई छैन । नागरिकता विधेयक प्रक्रियागत हिसाबले हामीले प्रश्न उठाएका हौं । कन्टेनमा छलफल गर्न हामी तयार छौं ।’ भूमि साटफेरको विषयमा आफैँले बोलेको कुरालाई नढाँट्न उहाँले सुझाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्