काठमाडौं, २२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू किशोर हुँदा राँगाको पिठ्यूँमा बसेर भैंसी चराउने गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । ‘यहाँ हुन त राँगा चढेको कुरा फेरि ओमिट हुने होला । म किशोर हुने बेलामा राँगाको पिठ्यूँमा बसेर राँगा चराउथेँ,’ ओलीले भन्नुभयो ।
उहाँले पूर्वराष्ट्रपति रामवरण यादवसँग पनि यस विषयमा कुराकानी भएको संसदमा बताउनुभयो । ‘पूर्वराष्टट्रपति रामवरण यादवसँग कुरा हुँदा पनि मैले भनेको थिएँ, मैले राँगा चराएको भनेँ। उहाँले म त झन तराईको मान्छे कति राँगा, भैंसी चराइयो भनेर भन्नुभयो। सभामुख महोदय रेकर्डमा राख्ने÷नराख्ने तपाईंको कुरा हो ।’ तराईमा अहिलेपनि राँगाको पिठ्यूँमा चढ्ने र चराउने गरेको बताउँदै ओलीले पशुपतिनाथले त साँढे नै चढ्ने गरेको उल्लेख गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्