जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार १६:३५

शान्ति प्रक्रियामा सहभागी भएका हौं, ‘जनयुद्ध’लाई जयजयकार गर्न सकिँदैन : ओली


काठमाडौं, २२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्माले कांग्रेसलाई सत्ता भए पुग्ने बताउनुभयो । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसको के नीति भन्ने नै नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘फागुन १ गते दिवस मनाउने ? यो राष्ट्रिय दिवस हो ? हामी शान्ति प्रक्रियामा पो सहभागी भएका हौं त । पुराना कुरा छाडेर त्यस्ता गतिविधिलाई हाइहाइ गर्न होइन । त्यस्तो कुरालाई जयजयकार गर्न होइन । कांग्रेसले के गर्छ थाहा छैन । चुपचाप लागेको देखियो ।’

फागुन १ गते जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नसक्ने बताउनुभयो ।