जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १७:२९

आइसीसी टी–२० वरियतामा दुई देशलाई पछि पार्दै नेपाल ११ औं स्थानमा


काठमाण्डौं, बैशाख २०

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० टी ट्वान्टी क्रिकेटको वरियतामा दुई देशलाई पछि पार्दे नेपाल ११ औं स्थानमा उक्लिएको छ ।

आइसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै ११ औं स्थानमा उक्लिएको हो ।

यसअघि नेपाल १४औँ स्थानमा थियो ।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रोमा दक्षिण अफ्रिका, तेस्रोमा इङ्ग्ल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौंमा भारत छ ।

त्यसैगरी छैटौंमा न्यूजील्याण्ड, सातौंमा अफगानिस्तान, आठौंमा श्रीलङ्का, नवौंमा वेष्ट इण्डिज, दशौंमा बङ्गलादेश छन् । नेपालपछि बाह्रौंमा स्कटल्याण्ड, तेह्रौंमा जिम्बाबे, चौधौंमा नेदरल्याण्डस र पन्ध्रौंमा आयरल्याण्ड छन् । एक दिवसीय वरियतामा भने नेपाल १४ औं स्थानमा छ ।

नेपालको विरियता तल बाह्रौं स्थानमा स्कटल्याण्ड, तेहौंमा जिम्बाबे, चौधौँमा नेदरल्याण्डस, पन्ध्रौँमा आयरल्याण्ड र सोह्रौँ स्थानमा संयुक्त अरब इमिरेट्स छ ।

त्यस्तै नेपाल एक दिवसीय वरियतामा भने १४औँ स्थानमा छ ।